४ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

मिरुनाले यसरी विशेष बनाइन् आफ्नो जन्मदिन

जहाँ कलाकारहरू आफ्नो जन्मदिनमा साथीभाइसँग लाखौँको खर्च तारे होटेलमा गर्ने गर्छन्। हातमा महँगा रक्सीका बोलत लिएर ढोंग गर्छन्। त्यही अभिनेत्री मिरुना मगरले आफ्नो जन्मदिन विशेष तरिकाले मनाएकी छिन्।

साउन २ गते शनिबार पर्न गएको उनको जन्मदिनको अवसरमा उनले इटहरी, भक्तपुर, बुटवल, दाङ, पकली, धरान, विराटनगर जस्ता विभिन्न ठाउँमा ४६४ जना वृद्धवृद्धालाई खाना खुवाउने तथा ४० जना वादी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छिन्।

उनको उक्त विशेष तरिकाले जन्मदिन मनाएकोमा सामाजिक सञ्जालमा धेरैले रुचाएका छन्। उनको असाधारण सोचको प्रशंसा भइरहेको छ। शनिबार उनले आफ्नो ३२ औँ जन्मदिन मनाएकी हुन्।

प्रकाशित: ३ श्रावण २०८३ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App