१२ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘मनका कुरा’सार्वजनिक

गायक तथा सङ्गीतकार सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ। मिलनपछिको विछोड त्यसपछिको एक्लोपन र प्रेमका नयाँ आयामका विषय गीतमा समावेश गरिएको छ ।  

आफूले माया गरेकी प्रेमिकालाई पाउन प्रेमीले गरेको संघर्ष र पाएको ठक्करको विषय गीत तथा भिडियोबाट देखाउन खोजिएको छ ।  

नेपाली दर्शक तथा स्रोताले वियोगान्त भावनालाई मन पराउने विश्वासका साथ यो गीत र भिडियो तयार पारेको देखिन्छ ।  

त्यसोत गायक तथा संगीतकार श्रेष्ठ पनि बिछोडिएका र बेदनाजन्य संगीतका क्षेत्रमा चिनिने भएकाले पनि अर्को प्रस्तुती सोही अनुसारको ल्याइएको अनुमान गर्न सकिन्छ ।  

जे होस् युवा पुस्तामा हुने प्रेम र प्रेमका नाममा पाउने दु:खलाई उठाएको गीत दर्शकको मनमा कति बस्छ हेर्न बाँकी छ।  

श्रेष्ठकै शब्द र स्वरको यो गीतलाई गोपाल रमाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन् । सुजन जिम्बा र दिप्शा कार्कीको अभिनयमा रहेको भिडियोलाई दिमेश श्रेष्ठले निर्देशन गरेका छन् । 

प्रकाशित: १६ भाद्र २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App