मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन्।
विजेता फातिमा बोश उही प्रतियोगी हुन् जसले स्याश समारोहको क्रममा मिस युनिभर्स थाइल्याण्डका निर्देशक नवात इत्साग्रिसिलले आफूलाई मूर्ख भनेको विरुद्ध बोलेकी थिइन्। निर्देशकले सुरक्षाकर्मीलाई बोलाएपछि सबै प्रतियोगीहरूले दुर्व्यवहारका कारण समारोह छोडेका थिए।
भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थान हासिल गरिन् भने फिलिपिन्सकी अतिसा मनालो चौथो र कोट डी'आइवरकी ओलिभिया यासे पाँचौं स्थान हासिल गरिन्।
प्रकाशित: ५ मंसिर २०८२ १०:३७ शुक्रबार





