६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

यस्तो कठोर न्याय होस्, फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्ने आँट नगरोस् : अनमोल केसी

अभिनेता अनमोल केसीले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले दोषीलाई कडा सजाय दिन माग गर्दै दुःख व्यक्त गरेका हुन्। उनले गरिमाले न्याय पाउनु पर्ने र त्यो न्याय मात्र एउटा फैसलामा सीमित नहोस भन्ने भनाइ समेत राखे।

केसीले यस्तो कठोर न्याय होस् कि फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्न आँट नआओस् भनेर जिकिर गरे।

'गरिमाले न्याय पाऊन्। र, त्यो न्याय केवल एउटा फैसलामा सीमित नहोस्। यस्तो कठोर न्याय पाओस् कि फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्न आँटा नआओस्,' उनले लेखेका छन्।

प्रकाशित: ६ भाद्र २०८३ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App