१९ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘मास्टरनी’ को प्रदर्शन मिति घोषणा

अभिनेत्री प्रियांका कार्कीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘मास्टरनी’ को प्रदर्शन मिति घोषणा भएको छ।

निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति घोषणा गरेका छन्। उक्त पोस्टरमा कार्कीको फरक स्वरूप देख्न सकिन्छ। जहाँ उनी ‘बाथ टप’ मा माछासँग पानीभित्र स्थिर मुद्रामा छिन्। अनुहारको भाव भने रहस्यमय देखिन्छ। पोस्टरको माथिल्लो भागमा ‘सबैभन्दा शान्त मनले सबैभन्दा घातक खेलको योजना बनायो’ लेखिएको छ। जसले चलचित्र भित्रको कथावस्तुलाई संकेत गर्छ।  

क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको चलचित्रमा प्रियङ्का कार्की, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ।

भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र ‘मास्टरनी’ भदौ ५ गतेदेखि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १९ असार २०८३ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App