२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

साहित्यकार डा. मुकुन्द वाग्ले ‘पथिक’ लाई मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले गर्‍याे सम्मान

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले साहित्यकार डा. मुकुन्द वाग्ले ‘पथिक’लाई सम्मान गरेकाे छ।

‘पथिक’लाई सम्मानकाे साथ उनकाे व्यक्तित्व र कृतित्वकाे परिचर्चा पनि गरिएकाे थियाे। सम्मानित स्रष्टा प्रतिष्ठानका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन्।

आयोजक मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अन्जना पौडेलले गरेकी थिइन्।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले उपस्थित जनला शब्द मार्फत स्वागत गरेका थिए।

उक्त कार्यक्रममा रामरञ्न पौडेलले वक्ताको रूपमा डा. मुकुन्द वाग्ले पथिकको व्यक्तिव तथा कृतित्वको मन्तव्य दिएका थिए।

डा. बमबहादुर थापा जिताली, गणेश नेउपाने, किशोर आचार्य, महेन्द्रराज पौडेलले सान्दर्भिक विषयमा बोलेका थिए।

सम्मानित व्यक्तित्व डा. मुकुन्द पथिकले मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको परिवेशमा सम्मानित भएकोमा खुसीले भावविभोर हुँदै आफ्नो मन्तव्य राखेका थिए।

नवीन पल्लवले समसामयिक सानदार कविता वाचनसहित आफ्ना विचारहरू पनि राखेका थिए।

कार्यक्रमका सभाध्यक्ष विजयराज न्यौपानेले धन्यवाद ज्ञापन गर्दै २०८२ सालको चैत २९ को स्थापना दिवस लमजुङमा आयोजना गरिन लागेको प्रसङ्गमा नवयुवाहरू मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानसँग जोडिन आह्वान गरेका थिए।

लमजुङको साहित्यिक इतिहास दोस्रो संस्करण २०८३ सालमा निकाल्ने याेजना भएकाे र कम्तीमा साहित्यिक एक कृति निकाल्ने लमजुङे स्रष्टाहरू सम्पर्कमा आउन आह्वान गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०८२ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App