२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

डा. मण्डनेका दुई कृति ‘मधुमधुकर’ र ‘शान्ति’ लोकार्पण

साहित्यिक अभियन्ता तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले डा. गोपाल पौड्याल ‘मण्डने’ को ‘मधुमधुकर’ खण्डकाव्य र ‘शान्ति’ निबन्धसंग्रह लोकार्पण गरेका छन्। 

नेपाली लेखक संघ काभ्रे शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि लाकाेजूले कृतिहरूकाे लाेकार्पण गरेका हुन्।

पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार लाकोजूले सिर्जना कर्म चेतनाको कर्म भएको बताए।

काव्यकार गोपाल पौड्याल मण्डनेले आफू जहाँ रहे पनि नेपाली साहित्य आफूसँगै रहने भावना पोखे।

समालोचक तुयुकाजी ताम्राकारले डा. गोपाल पौड्यालका मधुमधुकर आकारमा सानो तर मार्मिक रहेको बताए। त्यस्तै उनले शान्ति निबन्धसंग्रह विषय विविधता भएकाले निकै पठनीय भएको बताए।

कार्यक्रममा साहित्यकार ध्रुवकृष्ण ताम्राकार, शम्भुलाल श्रेष्ठ, विजयराम कर्माचार्य लगायतले मन्तव्य राखेका थिए।

काभ्रेको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। उनको मधुमधुकर खण्डकाव्यमा प्रेमप्रणयको विषय छ भने शान्ति निबन्धसंग्रहमा विविध विषयका निबन्धहरू समाविष्ट छन्। 

प्रकाशित: १७ मंसिर २०८२ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App