१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

साहित्यकार लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेकाे छ।

त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले लुइँटेललाई दोसल्ला ओढाउँदै रुपैयाँ १० हजार नगद राशि र प्रमाणपत्रकाे साथ पुरस्कार प्रदान गरिएको हाे।

नेपाली साहित्य तथा हास्यव्यङ्ग्य क्षेत्रमा पुर्‍याएकाे योगदानकाे कदरस्वरूप उनलाई सम्मान गरिएकाे हाे।

उपन्यास विधामा मदन पुरस्कार प्राप्त उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना गरिएको हाे।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले शब्द मार्फत अतिथिहरूलाई स्वागत गरेका थिए। उनले सम्मानित स्रष्टामाथि प्रकाश पारेका थिए।

भोजपुरमा जन्मिएका लुइँटेलले नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्यकाे भूमिका पनि निर्वाह गरिसकेका छन्। उनका एक दर्जन जति कृति प्रकाशित छन्।

उनले अढाई दर्जनभन्दा बढी साहित्यिक संघसंस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्। उनले ‘फित्कौली डट कम’ अनलाइन चलाउँदै छन्।

कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्कीले उपन्यासकार लीलाध्वज थापाको साहित्यिक योगदान र उनका उपन्यासबारे चर्चा गरेका थिए।

पुरस्कृत लुइँटेलले लीलाध्वज थापाको मन उपन्यास सानाे छँदा भोजपुरमै पढेको र पछि काठमाडौं आएपछि पनि पढेकाे सम्झना सुनाएका थिए।

कार्यक्रममा साहित्यकार कलानिधि दाहाल, हरिभक्त सिग्देल, डा. अर्जुनदेव भट्ट, नरेन्द्रराज पौडेल र डा. बमबहादुर थापा जितालीले सम्मानित स्रष्टालाई बधाई दिँदै उपन्यासकार लीलाध्वज थापाको साहित्यिक योगदानबारे बाेलेका थिए।

वृन्दा ढुङ्गानाले सहजीकरण गरेकाे कार्यक्रममा कुमार नेपाल, डा. बमबहादुर थापा जिताली, प्रकाश बस्नेत ‘गफाडी’, कर्ण दयाल ‘सोराडी’, डा. मेघराज ढकाल, प्रमोद नेपाल, गुप्तबहादुर श्रेष्ठ, इन्दिरा ढकाल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, मदनप्रसाद नेपाल, मधुसूदनप्रसाद घिमिरे, मीरा काफ्ले पोखरेल, सुभद्रा अधिकारी, राज रजक, डिल्लीप्रसाद मूलतिहुन, आवेश मिश्र, राजेशमान केसी, शशीश्री आचार्य, भोजराज रेग्मी ‘मुखाले’, जीत कार्की, नानु राना थापा, प्रार्थना खनाल जोशी, प्रदीप नेपाल लगायतले रचना वाचेका थिए।

प्रकाशित: २१ पुस २०८२ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App