फेरि उठ्तै छन रे त पल्लाघरे बा? चिया गफमा मानबहादुरले आश्चर्य व्यक्त गरे।
हो र? हैन कति पटक उठेपछि थाक्ने हुन त ति? घर पैसा सबै खरानी बनाएपछि पनि चेतेन छन् ती बुढाले? कमलाकान्तले पनि छक्क पर्दै प्रतिप्रश्न गरे।
लौ त्यो डढाएको सम्पत्ति त केही हैन रे हौ। बैंकाँ राखेको धनको त कुनै लेखाजोखा छैन रे त। सत्र पुस्ताले उडाएको उडायै गरे पनि सकिँदैन भन्छ्न्। अनि? मानबहादुरले कुरो तन्काए।
इज्जत पनि त बाँकी राखेनन् नि! आन्दोलनका बेला यिनको बिजोक देख्नु भएन? यस्तालाई कस्ले पत्याउला र अब? चुनावै जित्न त कठिन देख्छु म त। कमलाकान्तले यस पटक पल्लाघरे बालाई भोट नदिने भाव प्रस्तुत गरे।
भन्छौ नि तिमी। आन्दोलनकारीले सम्पत्ति, इज्जत सबै जलाइदिए पनि उनको सत्ताप्रतिको लोभ र दम्भ जलाइदिन सकेनन् क्यारे!
प्रकाशित: १४ वैशाख २०८३ ११:३२ सोमबार





