महाशय,
हामी गाउँगाउँ
बस्तीबस्तीमा दौडिरहेका छौं
आऊ युद्व गर्न
तिनै अक्षरहरूसँगै हिंडिरहने
पिपलपाते ओठझैं भएर
दौडिरहेका छन् समयका घेराहरू
हो उखेल्न र उन्मूलन गर्न
राताराता अक्षरहरू
आगोको फिलिङगासरि
धपधपी बलिरहेछन्
तर, अझै आवश्यक छ
युद्धको।
आवाजविहीनको आवाज भएर
नयाँ युगको सारथि भई
स्वर्णिम सपना निर्माण गर्न
इतिहास बनिसकेका छन्
अक्षरहरू
आऊ हामीसँगै आऊ
अक्षरको शिविरमा रम्न
शहरको एउटा कुनामा
सीताको अग्निपरीक्षा दिँदै
आफ्नो स्वतन्त्रताको उपयोग
गर्न हामी बाँचिरहेका छौँ
तिमी किन यस्तो सेतो मलमलमा
बेरिएको लुगाजस्तै भएका छौ
हो आमा म लेखिदिन्छु
सुनको अक्षरमा
हो यो रंगीन दुनियाँमा।
प्रकाशित: ७ चैत्र २०८२ १०:३५ शनिबार





