१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

कलाकारहरूको एउटै स्वर मिलेर सहयोग गरौँ

 देशमा विपत्ति अवस्था आएको समय कलाकारहरू एकजुट भएका छन्। धेरैले आफू सक्दो आर्थिक सहयोग गरिरहेका छन्।

गत बुधवार नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टानको पहिरोसँगै निम्त्याएको बाढीमा कारण रसुवा तथा नुवाकोटलगायतका क्षेत्रमा आएको अविरल बाढीले प्रभावित व्यक्तिहरूका लागि कलाकारहरूले आफ्नो तर्फबाट सहयोगको हात बढाएका छन्। गायिका रचना रिमाल, एलिना चौहान, शान्ति श्री परियार, दुर्गेश थापा, तथा पल शाह, अनमोल केसी, वर्षा राउत, नीता ढुंगाना, अशोक दर्जी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतका कलाकारहरू प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा आर्थिक सहयोग गरिरहेका छन्। अन्य कलाकारले भने आफ्नो सामाजिक सञ्जालमा सबैले मिलेर सघाउ भन्दै बैंक खाताको विवरणदेखि क्यूआर पनि सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

गायक दुर्गेश थापा भने शुक्रबार राहत सामाग्री वितरण गर्ने उद्देश्यले नुवाकोट तर्फ जाँदै छन्। अभिनेता पल शाह आइतबार आफ्नो टिमसँग बाढी प्रभावितलाई राहत सामाग्री लिएर रसुवागढी जाने जनाएका छन्। उनले अन्यलाई पनि सके सम्म सहयोग गरौँ भनेर आग्रह गरेका छन्।

प्राधिकरणको विवरणअनुसार हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको उल्लेख छ। त्यस्तै शुक्रबार बिहान ८ः३० बजेसम्ममा ४६९ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १७८ रहेका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App