२८ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

कानुन बनाउँदा गरिब जनतालाई हेरेर बनाइनुपर्छ : अरुण क्षेत्री

पठाओ चालक गणेश नेपालीको आत्मदाहपछि निधन भएको घटनामा अभिनेता अरुण क्षेत्रीले आफ्नो विचार राखेका छन्।

शुकबार भएको पत्रकार सम्मेलनमा क्षेत्रीले कानुन गरिब जनताको हिसाबले पनि बन्नुपर्ने बताए।

‘अहिले जुन घटना भयो त्यो एकदमै दुखद घटना हो। जुन नहुनु पर्थ्याे। कहिले काहीँ कस्तो हुन्छ भने कतिपय ठाउँमा सरकारले राम्रो गर्दा गर्दै गम्भीर अवस्थामा अलि ध्यान नदिँदा यस्तो अवस्था हुन जान्छ’, उनले भने,‘ मलाई लाग्छ कानुन बनाउँदा एक तर्फी मात्र नहेरेर गरिब जनताहरूको तर्फबाट पनि हेर्नु पर्ने आवश्यक छ। किनभने सबैको आर्थिक अवस्था एक जसो नहुन पनि सक्छ।’

सरकारले गर्दा गलत भएको छ भने सरकारले आफ्नो गल्ती स्विकार्नुपर्ने उनको भनाइ छ। उनले भने,‘कुनै पनि कानुनले गर्दा जनतालाई मानसिक तनाव हुनु हुन्न, मलाई लाग्छ। कमजोर आर्थिक अवस्था भएका व्यक्तिसँग दश, विष, पचास हजार नहुन पनि सक्छ। जसकारण उनी मानसिक तनावका कारण उनी उक्त कदम चालेको मलाई लाग्छ।’

प्रकाशित: २७ असार २०८३ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App