सिर्जना अभियान भक्तपुरले लघुकथाकार श्यामप्रसाद श्रेष्ठको पर्यालघुकथा विलाप लोकार्पण गरेकाे छ।
ध्रुवराज थापाले कार्यक्रममा उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए।
सिर्जना अभियान भक्तपुरको सचिव ध्रुव मधिकर्मीको अध्यक्षता तथा भाषा आयोगका सदस्य पुष्करराज भट्टकाे प्रमुख अतिथिको कार्यक्रम भएकाे हाे।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पंक्षी वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशका सचिव अजयविक्रम मानन्धर, अतिथि साहित्यकार नवराज रिजाल रहेका थिए।
सुडिप हाडाले सञ्चालन गरेकाे कार्यक्रममा शारदा मासिकका सम्पादक विमल भौकाजी, दिव्य गिरी, मनिषकुमार शर्मा समित, इन्दिरा चापागाई, महेन्द्र न्यौपाने, सुनिता पौडेल, अम्बिका धिताल, रविन्द्र आशिष् शैली, निर्मला बराल, मिसु श्रेष्ठ, रमेश सुवेदी, शम्भुप्रसाद आचार्य,भुपेन्द्र मानन्धर, राजेशमान केसी, वन्दना घिमिरे, प्रार्थना खनाल, विवेक शर्मा गौतम, बाबुकृष्ण ब्यञ्जनकार लगायतकाे उपस्थित थियो।
कार्यक्रममा प्राडा भरतकुमार भट्टराई र डा शेखरकुमार श्रेष्ठले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।
कृतिको समीक्षा गर्दै यो पर्यालघुकथा विद्यालयको अध्यापन पाठ्यपुस्तकका लागि उपयोगी भएको सान्दर्भिकता व्यक्त गरे।
हाम्राे लघुकथा केन्द्रका संस्थापक लता केसी लघुकथा अभिभावक, खेमराज पोखरेल र नवराज रिजालले कृतिकारलाई शुभकामना प्रदान गरेका थिए।
विशिष्ट अतिथि अजयविक्रम मानन्धरले पर्यालघुकथाको महत्त्व र कृतिको सान्दर्भिकताबारे चर्चा गरेका थिए।
यसैगरी प्रमुख अतिथिले देशमा भाेटेकाेशी बाढी जस्तो प्रकोपबाट बच्न कृतिले प्रदान गर्न खोजेको सचेतना हरेकले मनन गर्दै आफूलाइ रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए।
यो कृति विलाप पर्या विधामा लेखिएको पहिलो एकल लघुकथा सङ्ग्रह हो भनेर किटाण पनि गरे।
पुतलीसडकस्थित ग्रीनलिफ फुडमा भएकाे कार्यक्रममा अम्बिका धिताल, विरेन मालाकार र शान्ता तिम्सिनाले लोकार्पित विलापबाट लघुकथा वाचन गरेका थिए। कृतिकारको २ नाटकपुस्तक,१ लघुकथा र १ कथासङ्ग्रह प्रकाशन भैसकेको छ।
कृतिकार श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद प्रदान गर्दै कृति प्रकाशनपछि जीवनभर आलोचना र समालोचना सुझावको रूपमा ग्रहण गर्ने कुरा व्यक्त गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मीले यस्ता कृतिहरूको आवश्कता रहेको प्रसङ्ग कोट्याउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद प्रदान गरेका थिए।
प्रकाशित: ५ आश्विन २०८३ १२:२८ सोमबार





