धनसिंह विश्व लोहागणको दोस्रो लघुकथासङ्ग्रह 'आआफ्नै दृष्टिकोण' को लोकार्पण भएको छ।
३४औं नेपाली भाषा मान्यता दिवस समारोह समिति एवं पश्चिम सिक्किम साहित्य प्रकाशनको संयुक्त तत्वावधानमा भाषा मान्यता दिवसको अवसर पारेर पश्चिम सिक्किमको गेजिंगमा सिक्किमका भूतपूर्व संसद् श्रीमती दिलकुमारी भण्डारीले लघुकथाकृतिको लाेकार्पण गरेकी थिइन्।
राजेश थापा र फुर्वा पाण्डु शेर्पाकाे सञ्चालन र पश्चिम सिक्किम साहित्य प्रकाशनका संस्थापक एवं वरिष्ठ साहित्यकार पद्म केदार गुरुङको अध्यक्षतामा कार्यक्रम भएकाे हाे। कार्यक्रममा मन्त्री भिमहाङ सुब्बा, गेजिंग बर्मेक क्षेत्र विधायक लोकनाथ शर्मा, अध्यक्ष नारायण खतिवडा, दिपेश भण्डारी एवं पश्चिम सिक्किम साहित्य प्रकाशनका वरिष्ठ साहित्यकार पद्मश्री केदार गुरुङ, दलमान पीर, लक्ष्मीप्रसाद गुरुङ, रिकी ल्हामु लेप्चा लगायत सम्पूर्ण साहित्य प्रकाशन परिवार, साहित्यकार, भाषासाहित्यप्रेमी, विभागीय उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: ९ भाद्र २०८२ १३:२७ सोमबार





