१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘कोसी साहित्य-कला परिषद् नेपाल’ले गर्‍याे ‘किसानसँग सिर्जना संवाद’

‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ गरेको छ। रङ्गेली साहित्य कला समाज, मोरङकाे सहआयोजना र रङ्गेली नगरपालिकाको सहकार्यमा कार्यक्रम भएको हो।

सहआयोजक रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेको अध्यक्षता र वरिष्ठ साहित्यकार डा. छवि वैरागी घिमिरे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

उक्त कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गाबहादुर कार्की लगायतको उपस्थिति थियो।

उक्त कार्यक्रममा विशेष गरेर उक्त कार्यक्रममा बबियाविर्ताका किसानहरूको बाक्लो उपस्थिति रहेको थियो।

कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ सञ्चालनमा भएकाे कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, चन्द्रप्रसाद आचार्य, प्रकाश भट्टराई, शैलेन घिमिरे, रूपनारायण श्रेष्ठ, जुनु बुढाथोकी, टीकालाल धिमाल, मोतीराम ढुङ्गाना, किरण उप्रेती, राम नरेश झा, एलिसा विष्ट, डम्बर खड्का लगायतले रचना वाचेका थिए।

कार्यक्रममा कृषक र कृषिकर्म सम्बन्धी रचना मात्र वाचन गरिएका थिए। उक्त अवसरमा गीतसङ्गीतका अतिरिक्त सन्थाल जातिको सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। विभिन्न मातृभाषाका रचनासमेत प्रस्तुत भएका थिए।

रङ्गेली नगरपालिका १ नं वडा, बबियाविर्ता, हाटखोला (साहित्यचोक), मोरङमा सम्पन्न कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले कृषिकर्म, केशु विरहीले किसान र साहित्यको अन्तरसम्बन्ध र रङ्गेली साहित्य कला समाजका निवर्तमान अध्यक्ष रमेशचन्द्र अधिकारीले वाचित रचनाबारे टिप्पणी गरेका थिए।

कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन्।

पछिल्लो समय नेपाली साहित्य सहर केन्द्रित जस्तो बन्न पुगेको, साहित्यका पाठक बजारमा भन्दा गाउँमा बढिरहेको थाहा पाएर नै आफूहरूले साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउन कार्यक्रम गरेको संस्थाका अध्यक्ष केशु विरही बताउँछन्।

प्रमुख अतिथि तथा सबै अतिथिलाई  भुइँमै बसाइएको थियो। साधारण किसिमबाट सञ्चालन गरिएको यस प्रकारको कार्यक्रमबारे प्रमुख अतिथि तथा वक्ताले खुलेर प्रशंसा गरेका थिए।

प्रकाशित: ६ पुस २०८२ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App