१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै बहिष्कारको नारा लगाउनेहरूलाई व्यङ्ग्य गरेका हुन्। गिरीले लेखेका छन्, 'एउटा समूहले छ माया छपक्कै २ लाई बहिष्कार बहिष्कार भनेर उफ्रेर होला हिजो व्यापार पनि केही बढेछ!!! यसरी नै गाली गरिरहनुस् न है, फिल्म हिट पो भइहाल्छ कि?'

उनले घृणाविरुद्ध प्रेमको अभियान निरन्तर चलिरहने पनि बताएका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App