२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘माग्ने राजा’काे ट्रेलर सार्वजनिक

ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। यो चलचित्रको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) लाई नै केन्द्रमा राखिएको छ।

चलचित्रको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ। मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ। सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रूपमा देखाइएको छ।

एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा चलचित्र निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ। केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ। केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो चलचित्र हो। यसअघि उनी सहायक भूमिकामा सीमित थिए।

आउँदाे भदौ ६ गतेबाट रिलिज हुने चलचित्रले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिकाे व्यंग्य गरेको छ। बिनामेहेनत पैसा कमाउन नहुने सन्देश दिने चलचित्रको ट्रेलरले दर्शकमा कौतुहल पैदा गर्न सफल देखिन्छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। इच्छा रिलिजको लामो समयपछि चलचित्रमा निर्माणमा फर्केका छन्।

नरेन्द्र मैनालीले खिचेको चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ। आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रमा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ।

प्रकाशित: २३ श्रावण २०८२ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App