२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जेठ ८ गते 'काजी' चलचित्र प्रदर्शन हुँदै

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा 'काजी' को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।

यो सिनेमालाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित देखिएका छन्। केही दिनअघि एक सिनेकाको प्रिमियर शोमा भेटिएका विपिनलाई काजीको विषयमा प्रश्न गर्दा उनले उत्साहित हुँदै सुनाएका थिए। काजी क्लासिक लभस्टोरी सिनेमा हो । यसले मेरो अघिल्लो सिनेमा उनको स्वीले जस्तै सरप्राइज बनाउने विश्वास व्यक्त गरेका हुन्। यसलाई लक्ष्मी प्रसाद देवकोटाको उपन्यास मुनामदनजस्तै उत्कृष्ट लभस्टोरी कथाको रूपमा लिन सकिन्छ।

सिनेमा अभिनेत्री केकी अधिकारी काजीको कजिनी पात्रको रुपमा प्रस्तुत छिन्। सिनेमाको प्रेमिल प्रिभ्यूले दर्शकमाझ सिनेमालाई लिएर कौतुहल सिर्जना गर्न सफल हुने विश्वास निर्माण टिमको छ। विवाहपछि एक जोडीको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएकाले यसलाई दर्शकले रुचाउने देखिन्छ। प्रिभ्युमा सिनेमाको मेकिङ ग्राण्ड देखिनुका साथै त्यसमा समावेश संवादले दर्शकको ध्यान खिच्न सफल छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बालकलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनि र सुजिल कर्माचार्यको पार्श्व संगीत छ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेको सिनेमाको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन्। श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्नेछ।

प्रकाशित: ६ वैशाख २०८३ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App