२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

ब्रेकपछि चलचित्रमा फर्किँदै क्याट्रिना कैफ

बलिउड अभिनेत्री क्याट्रिना कैफ छोटो ब्रेक पछि पुनः चलचित्रमा फर्कने तयारीमा छिन्।

केही समय देखि ‘लैमलाइट’ बाट टाढा रहेकी क्याट्रिना चलचित्र तथा ओटीटीमा फर्कने तयारीमा रहेकी भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

उनी २०२७ को मध्येतिर छायाङ्कन सेटमा फर्कने तयारीमा छिन्। हाल भने उनी ‘स्क्रिप्ट’ पढ्न तिर लागेकी छन्। 

गत वर्ष नवम्बर ७ मा छोरा विहान कौशलको जन्मपछि उनी पहिलो पटक चलचित्रमा फर्कन लागेकी हुन्।

उनी अन्तिम पटक चलचित्र ‘मेरी क्रिसमस’ २०२४ मा देखिएकी थिइन्। त्यहाँपछि उनी मिडियामा खासै देखिनन्।

क्याट्रिना र विक्की कौशलले ६ डिसेम्बर २०२१ मा राजस्थानमा विवाह गरेका थिए।

प्रकाशित: २७ जेष्ठ २०८३ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App