१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय

संचारकर्मी एवम् साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरु’ मञ्चन हुने भएको छ। वाचनसँगै सुमधुर संगीतका साथ मौन अभिनयसहित समीरको कथा ‘आहत उजेलीहरु’ मञ्चन हुन लागेको हो। 

कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो। लेखक समीरले नै कथाको वाचन गर्नेछन् भने कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरुले मञ्चमा मौन अभिनय गर्नेछन्। 

वाचन र अभिनयलाई अझ सशक्त एवम् जीवन्त बनाउन संगीतकर्मी विकल खड्का नेतृत्वको समूहले लाइभ संगीत भर्नेछ, जसले दर्शकलाई मन्त्रमुग्धसँगै भावुक बनाउने छ। 

कथा मञ्चनको बिचबिचमा गायिका सुनिता कार्कीको सुमधुर स्वरमा गीत गुञ्जनेछ। कथालय नाम दिइएको उक्त कथा मञ्चन कार्यक्रमलाई ब्रोडिजी ग्रुपले आयोजना गरेको हो। पत्रकार विमल नेपालले उक्त कार्यक्रमको संयोजन गरेका छन् भने सञ्चारकर्मी भोजबहादुर विश्वकर्माले सल्लाहकारको भूमिका निर्बाह गरेका छन्। 

मञ्चन हुने नाटक ‘आहत उजेलीहरु’ कथाकार दिपक समीरको कथा संग्रह मुना मदनको डिभोर्स पार्टीभित्र संग्रहित कथा हो। उक्त कथाले वैदेशिक रोजगारीका कारण नेपाली समाजमा पारेको प्रभावलाई देखाउन खोजेको कथाकार समीरले बताएका छन्। 

यसअघि कथालाई नाटकको रुपमा प्रस्तुत गरेर मञ्चन गर्ने चलन भए पनि नेपालमा वाचनसँगै संगीत र मौन अभिनयको त्रिकोणात्मक संयोजन भने पहिलोपटक हुन लागेको हो।  

प्रकाशित: १५ आश्विन २०८३ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App