४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

बिहेका लागि तयार जान्हवी, सुनाइन् तीन सन्तानकी आमा बन्ने रहस्य

बलिउड अभिनेत्री जान्हवी कपुरको नाम अहिले फिल्म परम सुन्दरीका कारण चर्चामा छ। यो फिल्मले सिनेमाघरमा दर्शकलाई मनोरञ्जन दिइरहेको छ। हालै उनी अभिनेता सिद्धार्थ मल्होत्रासँग हास्य कलाकार कपिल शर्माको कार्यक्रममा फिल्मको प्रचारका लागि देखा परिन्।  

त्यस क्रममा जान्हवीले आफ्नो भविष्यको पारिवारिक योजनाबारे खुलेर कुरा गरिन्। उनले भनिन्, ‘म भविष्यमा तीन सन्तानकी आमा बन्न चाहन्छु। यसको पछाडिको कारण यो हो कि यदि झगडा भयो भने त्यो दुई जनाबिच हुन्छ, यस्तो अवस्थामा यदि तेस्रो व्यक्ति भयो भने मामिला शान्त हुन्छ र त्यो सहयोग आवश्यक हुन्छ। त्यसैले मैले धेरै सोचविचार गरेर यो योजना बनाएको हुँ।’  

दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरकी छोरी जान्हवी बलिउड उद्योगका चर्चित कलाकारमध्ये एक हुन्। फिल्म धडकबाट हिन्दी सिनेमामा प्रवेश गरेकी उनको व्यक्तिगत जीवन पनि चर्चामा छ। यो बयानपछि सिनेमा जगतमा उनको चाँडै विवाह हुने अनुमान गरिएको छ। तर यसबारे उनले कुनै आधिकारिक बयान दिएकी छैनन्।  

जान्हवीको व्यक्तिगत जीवनमा उनका प्रेमी शिखर पहारियाको नाम जोडिन्छ। उनीहरूले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। सार्वजनिक रूपमा आफ्नो प्रेम व्यक्त गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक उपस्थितिमार्फत उनीहरूको सम्बन्ध पुष्टि भएको छ। भविष्यमा जान्हवीले शिखरलाई जीवनसाथी बनाउन सक्ने अनुमान छ।

प्रकाशित: १६ भाद्र २०८२ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App