२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

के जान्हवी कपुर विवाह गर्दै छिन् ?

केही समयदेखि बलिउड अभिनेत्री जाह्नवी कपूर र शिखर पहाडियाको विवाहबारे कैयौँ हल्लाहरू आइरहेका छन्। तर यी हल्लाहरू आधिकारिक रूपमा गलत ठहरिएका छन्। जाह्नवीका बुवा तथा फिल्म निर्माता बोनी कपूरले यो वर्षको अन्त्यतिर गुजरातको जामनगरमा विवाह हुने भन्ने खबर सत्य नभएको बताएका छन्।

केही रिपोर्टहरूमा सेप्टेम्बर–अक्टोबरबीच जान्हवी र शिखरको विवाह हुने चर्चा भइरहेको थियो, तर ई–टाइम्ससँगको कुराकानीमा बोनी कपूरले यी सबै दाबीलाई खण्डन गरेका हुन्।

शिखर कपूर परिवारका नजिकका मानिन्छन्। उनीहरूलाई प्रायः पारिवारिक कार्यक्रम, बिदा तथा मन्दिर भ्रमणहरूमा सँगै देखिन्छ। साथै, जाह्नवीले ‘कफी विद करण’ कार्यक्रममा पनि आफू रिलेशनशिपमा रहेको संकेत दिएकी थिइन्।

दुवैको सम्बन्ध पुरानो हो तर सन् २०१६ तिर केही समय डेट गरेपछि अलग भएका थिए। पछिल्ला वर्षहरूमा उनीहरू फेरि सँगै देखिन थालेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App