२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

भैरहवामा आईआएनआई सिनेमाजको औपचारिक सुरुवात

तीव्र रुपमा चलचित्र प्रदर्शन व्यवसाय विस्तार गरिरहेको मल्टिप्लेक्स चेन आईआएनआई सिनेमाज भैरहवाको भाटभटेनी भवनको पाँचौ तलमा सञ्चालनमा आएको छ।

उक्त मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

यो हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए।

मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवद्र्धनमा समेत यसले योगदान पुर्‍याउने उनको विश्वास छ।

कम्पनीका निर्देशक आभाष कुँवरले यो हलबाट युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको उल्लेख गरे।

हल सञ्चालकका अनुसार भाटभटेनीस्थित मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन्। उक्त हलमा कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ।

आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाका अनुसार यो प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमाको अनुभव प्रदान गर्नेछ।

यसले स्थानीय दर्शकलाई गुणस्तरीय सिनेमा हेर्न सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।

प्रकाशित: २६ जेष्ठ २०८३ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App