‘कुकुर पनि कस्ताकस्ता हुन्छन्!’ लडिको माथि बसेका एकजना किसानले भने।
उनीहरू एउटा गोरुको लडी बनाएर त्यसमाथि सामान लोड गरेर त्यसैको माथि बसेका थिए।
‘बराबरमा एउटा कुकुर बाटो नछोडेर अनुसाशित रूपमा हिंडिरहेको छ।’ अर्काले पनि कुकुरतर्फ हेरेर भन्यो। जब गोरु उभिन्छ कुकुर मानिसतर्फ हेर्छ र भुक्न थाल्छ अनि गोरु पनि कुकुरतिर हेर्छ अनि हिंड्न थाल्छ। यस्तो क्रिया दुईतीन पटक भयो।
‘यो कुकुरले हामीलाई हेरेर किन भुक्छ?’ पहिलो किसान जसले गोरुको लगाम थामेको थियो उसले भन्यो।
‘खै साहिद गोरू उभिएपछि हामीलाई हेरेर भन्दो होला यसलाई थकाइ लाग्यो र हामीले देखेर रिसाउँदो होला। त्यसैले हामीतिर हेर्छ र भुक्छ। आखिर जनवार जनवरकै साथी गोरुको समस्या बुझ्दो होला।’ दोस्रो किसानले गोरुतिर हेर्दै भन्यो।
‘त्यसो होइन होला!’ पहिलाले मुख कुच्च्याउँदै भन्यो।
‘फेरि के हुन सक्छ हजुरको दृष्टिमा?’ दोस्रो किसानले निधार खुम्चाउँदै सोध्यो।
पहिलो किसानले कुकुरको व्यवहार नियाल्दै थियो।
पहिलेले भन्यो, ‘त्यो कुकुर ठूलो भ्रममा छ जस्तो लाग्छ?’
दोस्रोले सटिकमा सोध्यो, ‘कस्तो भ्रममा छ?’
‘उसले यो सोचेको छ यो लडिको सारा वजन गोरुले होइन बरू ऊ आफैले उठाएको छ।’ पहिलो किसानले मुस्कुराउँदै भन्यो।
प्रकाशित: ६ श्रावण २०८३ १२:३२ बुधबार





