२४ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

पूर्व मिस नेपाल आस्मा राप्रपाको कार्यकर्ता बनेर काम गर्ने

 पूर्व मिस नेपाल (२०२४) की आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग काम गर्ने घोषणा गरेकी छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनी बोल्दै गर्दा अबको एक वर्षमा काठमाडौंको कमिटिसँग मिलेर काम गर्न चाहने उनले इच्छा व्यक्त गरेकी छन्। 

आफू देशको युवा तथा एउटा पूर्व मिस नेपालको दायित्वले हामीसबैले देशको लागि काम गर्नु पर्ने हाम्रो जिम्मेवारी रहेको उनले उल्लेख गरेकी छन्। कार्यक्रममा उनले भनिन–‘आउने दिनमा म काठमाडौंको कमिटीसँग नजिक रहेर काम गर्न चाहन्छु। 

एक देशको युवा, पूर्वमिस नेपालको दायित्वले पनि देशको लागि काम गर्नु मुल दायित्व हो भन्ने मेरो मान्यता छ। अब युवाले के चाहन्छन् भन्ने कुराले अघि बढ्न म अति नै उत्साहित छु।’

उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा सदस्यहरुलाई उनले सफल कार्यकालको शुभकामना दिएकी छन् । केही वर्षअघि राप्रपाले आस्मालाई युवा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो।

प्रकाशित: २४ श्रावण २०८३ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App