चर्चित कलाकार धुर्मुस, सुनतली उर्फ कुञ्जना घिमिरे र सिताराम कट्टेल केही महिनाअघि यी दम्पती अमेरिका पुगेका थिए। तर अहिले सिताराम नेपाल फर्केको जानकारी कुञ्जनाले दिएकी छिन्।
उनीहरू अमेरिका गएपछि टीक्काटिप्पणी तथा प्रश्नहरू उनीमाथि उठिरहेको थियो। ‘नेपाल छोडेर भागेको’ जस्ता प्रतिक्रियाहरू उनीमाथि आउन थालेको थियो। तर यी सबैको खण्डन गर्दै आइतबार कुञ्जनाले एक तस्बिर सार्वजनिक गर्दै आफू भागेको होइन भन्दै सामाजिक सञ्जालमा लेखिन्, ‘भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सियर बाँन्च सकिनँ, मरेर न्याय पाइँदैन, जसरी जिउनुपर्छ भनेर सबैसँग चित्त दुखेर हिँडेको।’
सिताराम न्याय खोज्न स्वदेश फर्केको उनले जनाउँदै थपिन्, 'जति पटक यो फोटो हेर्छु आज पनि डाँको छोडेर रुन्छु। मेरो धुर्मु न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस् बिन्ती।’
प्रकाशित: २४ जेष्ठ २०८३ १२:०७ आइतबार





