नेपाल, अमेरिका र पोल्याण्डलेको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा - सङ अफ ग्रान्डमदर’ बन्ने भएको छ।
चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन्।
विकास सुवेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुसाल (नेपाल) ले निर्माण गर्नेछन्। चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोस्ट –प्रोडक्सनको काम हुने जनाइएको छ।
मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि चलचित्रको कथा भने खुलाइएको छैन। हाल प्रि–प्रोडक्सन भइरहेको चलचित्रको छायांकन फेब्रुअरी २०२६ देखि शुरू हुनेछ। चलचित्रका कलाकार तथा प्राविधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन्।
प्रकाशित: २ पुस २०८२ ०९:३६ बुधबार





