२४ भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको ‘बेहुली’ ले कति पायो शो?

शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’को अग्रिम टिकट बिक्री सुरू भएको छ। यसको अग्रिम टिकट बुकिङमा पनि सुखद सुरुवात गरेको छ।  

बुधवार बिहानसम्मको तथ्याङ्क अनुसार ‘बेहुली’ले नेपालभरका हलहरूमा १०० भन्दा धेरै शो प्राप्त गरिसकेको छ, जसले बक्स अफिसमा बलियो ओपनिङको सङ्केत दिएको छ। नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका आफ्ना हलहरूमा बाक्लो शो निकालेको छ, भने दोस्रो ठुलो चेन आइएनआई सिनेमाजले पनि दर्शकका लागि पर्याप्त शोहरू खुला गरेको छ।  

चलचित्रमा पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको अनस्क्रिन रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ भने, उनी सँगै सुशान्त कार्कीको प्रहरीको दमदार अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले चलचित्रप्रतिको कौतुहलतालाई बढाएको छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित अनुहारहरूको समेत अभिनय रहेको छ। 

प्रकाशित: २४ भाद्र २०८३ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App