आज शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ।
सामाजिक कथावस्तुमा आधारित यी दुई चलचित्रले दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको अपेक्षा छ। यसै गरि ‘कमला मिस’ माफर्त वरिष्ठ कलाकार नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्केका छन्। चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ।
अर्को तर्फ चलचित्र ‘हली’ त्यस्तै चलचित्र ‘हली’ लाई ओम प्रतिकको निर्देशनमा रहेको यस चलचित्रमा छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका संघर्ष र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ। प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक ९गुरूङ०, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की लगायतको अभिनय छ।
प्रकाशित: २२ श्रावण २०८३ १४:०८ शुक्रबार





