लोकप्रिय टेलिसिरियल ‘हर्के हल्दार’ बाट नाम कमाएका विष्णु सापकोटा लामो समयपछि टेलिभिजनमा फर्केका छन्। विगत चार वर्षदेखि उनी उक्त टेलिभिजनबाट हराएका थिए।
हर्के हल्दारको नामले दर्शकमाझ परिचय बनाएका उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत् कमब्याक गरेका हुन्।
उनी आफ्नो पुरानै शैलीमा फर्केका छन्। हरेक आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको शोमा उनी पर्फमरको भूमिकामा देखिनेछन्।
कार्यक्रमका निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालका अनुसार ‘हर्के हल्दार’ दर्शकमाझ अत्यन्त लोकप्रिय पात्र भएकाले विष्णु सापकोटालाई कार्यक्रममा ल्याइएको हो। उनले अब दर्शकले ‘कमेडी बाज’मा नियमित रूपमा हर्के हल्दारको प्रस्तुति हेर्न पाउने बताए।
शोको शैली र संरचनामा केही परिवर्तन गरिएको टिमले जनाएका छन्। यसअघि ब्याटल शैलीमा हुने गरेको थियो। अब भने मनोरञ्जन प्रस्तुति थपिएको छ।
प्रकाशित: २२ श्रावण २०८३ १७:३१ शुक्रबार





