२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

नयाँ वर्षको शुभकामना

कविता

नयाँ वर्ष आयो नयाँ खुसी बोकेर

नयाँ सपना अनि आशा लिएर

सबैको जीवन होस् रमाइलो यही छ चाहना

नयाँ वर्षले ल्याओस् शुभसन्देश शुभगाना

पुराना दुःख बिर्सौं सबै,

नयाँ खुशीको बाटो समाएर

बितेका दिनका गल्ती सिकौं

भोलिका दिन अझ राम्रो बनाऔं

मनमा उमंग, आँखामा चमक

सपना सबै साँचो बनाऔं

नयाँ सुरुवात, नयाँ उज्यालो

जीवनमा ल्याओस् सुनौलो पालो

माया, सद्भाव फैलियोस् चारैतिर

रहिरहोस् सधैं खुशीको झल्को

हाँसो, खुशी र सफलताको कामना

सबैको जीवन होस् रमाइलो यही छ चाहना

नयाँ वर्षले ल्याओस् शुभ सन्देश शुभ गाना  

सुख, शान्ति र समृद्धिको तानाबाना।

प्रकाशित: ३ वैशाख २०८३ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App