१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘हनुमान अंश’ चार करोड पार

नीम करोली बाबाको जीवनमा आधारित बलिउड फिल्म ‘हनुमान अंश’ ले प्रदर्शनको ५३ औँ दिनसम्म आइ पुग्दा पनि राम्रो कमाइ गरिरहेको छ। रिलिज भएको ५३ दिन भइसके पनि यसको कमाइ करोडौंमा जारी छ।

केवल २ करोड भारुको बजेटमा बनेको यसो फिल्मले घरेलु बक्स अफिसमा हालसम्म ३०९.३८ करोड रुपैयाँ कमाइसकेको छ। सोमबार मात्रै फिल्मले २.३५ करोड रुपैयाँ कमाएको थियो।

विशेष कुरा के हो भने विश्वव्यापी रूपमा यसले अहिलेसम्म ४०४.२५ करोड भारु पुगेको छ।

फिल्मको कथा विशाल चतुर्वेदीद्वारा लेखन तथा निर्देशन गरिएको हो। ‘हनुमान अंश’ मा शोभिनव सत्य र विहान शेडगे मुख्य भूमिकामा छन्। फिल्मको कथा लक्ष्मी नारायण नाम गरेका एक युवकको वरिपरि घुम्छ। आफ्नी आमालाई गुमाएपछि उनी ईश्वरको खोजीमा सम्पूर्ण उत्तर भारतको आध्यात्मिक यात्रामा निस्कन्छन्।

प्रकाशित: १३ आश्विन २०८३ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App