२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

अक्षय र सैफको ‘हैवान’ को बक्स अफिसमा सुस्त सुरुवात

अक्षय कुमार र सैफ अली खानको नयाँ फिल्म ‘हैवान’ ले बक्स अफिसमा सुस्त सुरुवात गरेको छ।

दुई ठूला स्टार अक्षय कुमार र सैफ अली खानको पुनर्मिलनका रूपमा निकै प्रतीक्षित मानिएको फिल्मका लागि यो सुरुवात अपेक्षाकृत कमजोर मानिएको छ।  

शुक्रबार प्रदर्शनमा आएको यो फिल्मले मिश्रित प्रतिक्रिया पाउँदै भारतमा ३ करोड रुपैयाँको नेट कलेक्सन गरेको थियो। शनिबार दोस्रो दिन फिल्मले २.५ करोड रुपैयाँ कमाएको छ।

यससँगै फिल्मको दुई दिनको भारतमा कुल नेट कलेक्सन ५.५ करोड भारु छ, भने घरेलु ग्रस कलेक्सन ६.६ करोड भारु पुगेको छ।

फिल्मको बक्स अफिस प्रदर्शन कमजोर हुनुमा समीक्षक र दर्शकबाट प्राप्त मिश्रित प्रतिक्रियाले पनि भूमिका खेलेको देखिन्छ। प्रियदर्शनको शैलीअनुसार यस फिल्ममा हास्य, अपराध र नाटकीय पक्षको मिश्रण गरिएको छ। ‘हैवान’ हाल नेपालमा भने प्रदर्शनमा आएको छैन।

प्रकाशित: २८ भाद्र २०८३ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App