७ आश्विन २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

सुनिताको आरोपबिच एकसाथ देखिए गोविन्दा र रानी स्वर्णकार

पछिल्लो समय गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबिचको पारिवारिक विवाद चर्चामा छ। केही समय अगाडी सुनिताले गोविन्दाको अभिनेत्री रानी स्वर्णकारसँग अवैध सम्बन्धमा रहेको मिडियामा बताएकी थिइन्।

यही हल्लाबिच मंगलबार राति उनीहरू मुम्बईस्थित प्रसिद्ध लालबागचा राजा पण्डालमा पुगेका छन्। उनी आफ्नो आगामी फिल्म ‘रूपा’ की सहअभिनेत्री रानी स्वर्णकारसँगै गणेशको दर्शन गर्न पुगे।

गोविन्दाले त्यहाँ पूजा–प्रार्थना गर्नुका साथै अन्तिम आरतीमा समेत सहभागी भए।

लालबागचा राजा पण्डालमा गोविन्दा र रानीलाई देखेपछि ठुलो संख्यामा उपस्थित फ्यान तथा मिडियाको ध्यान उनीहरूमाथि केन्द्रित भएको थियो। उनको पण्डाल भ्रमणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसअघि जुलाईमा गोविन्दाले रानीलाई आफ्नो आगामी फिल्म ‘रूपा’ की नयाँ सहअभिनेत्रीका रूपमा सञ्चारमाध्यमसामु परिचित गराएका थिए। त्यसपछि गोविन्दा र रानी मुम्बई विमानस्थलमा समेत सँगै देखिएका थिए।

रानीसँग गोविन्दाको सार्वजनिक उपस्थितिबारे प्रतिक्रिया माग्दा सुनिताले भनेकी थिइन्, ‘उसको बुद्धि भ्रष्ट भएको छ, त्यसैले यी सबै गर्छ। म यसबारे के भनूँ?'

आहुजा परिवारले आयोजना गरेको गणपति उत्सवमा समेत गोविन्दा र सुनिता सँगै देखिएका थिएनन्। दुवैले छुट्टाछुट्टै समयमा गणेशको दर्शन गरेका थिए।

गोविन्दाले भने रानी स्वर्णकारसँगको हल्लालाई अहिले सम्म खण्डन गर्दै आएका छन्।  

प्रकाशित: ७ आश्विन २०८३ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App