१) गजल
तिमीबिना एक पल पनि यो जिन्दगी बाँच्न सक्दिनँ,
तिम्रो साथ छाडी दुनियाँसँग म हाँस्न सक्दिनँ।
अश्रु देऊ वा अधरमा मुस्कानका फूल सजाऊ,
तिमीबाहेक अरू कसैको प्रेम साँच्न सक्दिनँ।
हृदयको प्रत्येक धड्कन तिम्रै नाममा समर्पित छ,
जुगौँ बिते पनि प्रणयको वाचा भाँच्न सक्दिनँ।
चाहे घात गर, चाहे नियतिले दूरी नै किन नदियोस्,
मनको पवित्र पानाबाट तिम्रो नाम मास्न सक्दिनँ।
२) गजल
जलाएको आफ्नै घरलाई विकासले रहेछ,
सपनाको सहर नै धुवाँले ढाकिएको रहेछ।
हराएको सत्य आज स्वार्थको बजारभित्र,
विवेकको दीप पनि आँधीले निभाएको रहेछ।
रुवाएको मातृभूमि सन्तानकै मौनताले,
रगतले लेखिएको इतिहास थाकेको रहेछ।
'तेन्जु' भन्छ, अझै नझुकाऊ शिर मातृभूमिको,
हिमालको आत्मविश्वास कसैले नझुकाएको रहेछ।
प्रकाशित: २४ श्रावण २०८३ १०:०३ आइतबार





