१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘एक साँझ युवा माझ’ मा गजलकार यात्री

‘एक साँझ युवामाझ’ कार्यक्रममा मोरङका स्रष्टा राज लम्साल यात्री प्रस्तुत भएका छन्। झापाली साहित्य समाजको सातौँ शृङ्खलामा गीतकार तथा गजलकार यात्री प्रस्तुत भएका हुन्।

अग्रज स्रष्टा केशव आचार्यको बिर्तामोडको सैनिकमोडस्थित निवासमा सम्पन्न कार्यक्रममा यात्रीको हालसालै बाहिर आएको गजलकृति ‘यात्री’ को बारेमा विमर्शसमेत भएको थियो। गजलकार विवश बलिभद्र कोइरालाले कृतिबारे आफ्नो धारणा प्रस्तुत गर्दै सङ्ग्रहका दुई गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा यात्रीले कृतिको नामकरण तथा रचनागर्भबारे जानकारी गराएका थिए। कार्यक्रममा अग्रज स्रष्टाहरू केशव आचार्य र कृष्ण बराल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, लीला अनमोल, तुलसीप्रसाद भट्टराई, डिल्लीराम चापागाईँ परदेशी, कृष्ण काश्यप, हरि पराजुली, ज्ञानु बुढाथोकी, मिलन सङ्ग्रौला, रोमा निरौला लगायतका तीन दर्जनभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थिति थियो।

विवेक निशानीले कार्यक्रमको औचित्यबारे प्रस्ट पारेका थिए। केशव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भने झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले गरेका थिए।

प्रकाशित: ३ असार २०८३ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App