७ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सय दिन मनाएको ‘गौंथली’ बेइजिङ लिफ्ट-अफ फिल्म फेस्टिभलमा छनोट

कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ प्रदर्शनको १०० दिन सफलता पूर्वक पूरा गरेको छ।

यो संगै ‘गौंथली’ वर्षको सर्वाधिक कमाउने चलचित्र मात्र नभएर वर्षकै सर्वाधिक दिनसम्म सिनेमाघरमा टिक्न सफल भएको छ। ‘गौंथली’ ले गत सतासम्म २६ करोडमाथिको कलेक्सन गरेको छ, ‘गौंथली’ नेपालकै सर्वाधिक कमाउने चलचित्रको दोस्रो स्थानमा आएको छ।

यो अवसरमा निर्देशक रिजालले सामाजिक सञ्जालमा खुसी साँझा गर्दै लेखेका छन्, ‘तपाईंहरूको माया नै हाम्रो सबैभन्दा ठूलो शक्ति र प्रेरणा हो। यो साथ, माया र विश्वास सधैँ पाइरहने अपेक्षा गर्दछौँ।‘ रिजालको अनुसार ‘गौथली’ बेइजिङ लिफ्ट–अफ फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोट भएको छ’।

'गौंथली' मा अरूण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिकामा छन्। साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ।

प्रकाशित: ७ कार्तिक २०८३ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App