गत वर्ष प्रदर्शनमा आएको ‘मन बिनाको धन’ को दोस्रो श्रृंखला बन्ने भएको छ। भदौ पहिलो सातादेखि छायांकनको तयारीमा रहेको चलचित्रमा अभिनेत्री गौरी मल्लको प्रवेश भएको छ।
गायक, संगीतकार तथा निर्देशक समेत रहेका टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे तथा अब गौरी मल्ल अनुबन्धित भएकी छन। आइतबार उनी औपचारिक रुपमा अनुबन्धित भएको निर्माण पक्षले जनाएको छ। यद्यपि उनको पात्र वा भूमिका बारे निर्माण पक्षले अहिले सम्म केही खुलाएको छैन्।
मन बिनाको धन गीत बुढाथोकीको सबै भन्दा लोकप्रिय गीत मध्येको एक हो। जसमा बुढाथोकीको र दर्जीको स्वर रहेको थियो। जुन दर्जीको पहिलो गीत समेत पनि हो। यसलाई दर्शक स्रोताले मन पराएका थिए।
चलचित्रको पहिलो श्रृंखलाले भने तीन करोड बढीको व्यापार गरेको थियो। जसमा बाल कलाकार अशोक दर्जीको मुख्य भूमिका रहेको थियो। भने उनी दोस्रो श्रृंखलामा देखीने छन्, कि छैन भने निर्माण टिमले अहिलेसम्म खुलाएको छन।
प्रकाशित: ४ श्रावण २०८३ १८:५० सोमबार


-600x400.jpg)


