वसन्त निरौला निर्देशित चलचित्र पाँच पाण्डव शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
यसअघि चलचित्र रोक्नुपर्ने मागसहित विभिन्न समूहबाट दबाब आएपछि मन्त्रालयले बिहीबार निर्माण टिमलाई छलफलका लागि बोलाएको थियो।
छलफलमा धार्मिक तथा सांस्कृतिक विषयमा चलचित्र निर्माण गर्दा मात्र नभई त्यसको प्रचारप्रसार गर्दा पनि संवेदनशीलता अपनाउनुपर्ने विषय उठेको थियो। तर उक्त छलफलमा विवादको टुंगो लागेको छ।
‘पाँच पाण्डव’ पूर्वनिर्धारित समयमै प्रदर्शनमा आएको छ। मन्त्रालयमा बिहीबार बिहान भएको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फिल्मकर्मीको प्रदर्शन अधिकारमा हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाएको चलचित्र जाँच पास समितिले जनाएको छ।
चलचित्र जाँच पास समितिले ‘पाँच पाण्डव’ लाई बुधबार बिहान युनिभर्सल सर्टिफिकेटसहित प्रदर्शन अनुमति दिएको थियो।
निर्माता काली रानी श्रेष्ठको निर्माण रहेको चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, ईभा गिरी, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।
प्रकाशित: २० कार्तिक २०८३ ११:४१ शुक्रबार





