२ असार २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

राम चरणका जुम्ल्याहा सन्तानको पहिलो झलक सार्वजनिक

तेलुगु सुपरस्टार राम चरण र उनकी पत्नी उपासना श्रीले आफ्नो १४औँ वैवाहिक वर्षगाँठको अवसरमा सामाजिक सञ्जालमार्फत जुम्ल्याहा सन्तान शिवराम र अन्वीरा देवीको पहिलो झलक सार्वजनिक गरेका छन्। 

उपासनाले सामाजिक सञ्जालमा एक भावुक पारिवारिक तस्वीर साझा गर्दै ‘हर्ट इज फुल’ लेखेकी छन्। सार्वजनिक गरिएको तस्वीरमा बच्चाहरूको अनुहार देखिएको छैन। तर उनीहरूका तीनै सन्तान जेठी छोरी क्लिन कारा तथा जुम्ल्याहा शिवराम र अन्वीरा देवीका साना हातहरू मात्र देखाइएको छ। यही तस्बिरमार्फत जुम्ल्याहा सन्तानको पहिलो झलक सार्वजनिक गरेका हुन्।

राम चरण र उपासनाले २०२६ को जनवरी ३१ मा एक छोरा र एक छोरीलाई स्वागत गरेका थिए। पछि उनीहरूको नाम क्रमशः शिवराम र अन्वीरा देवी राखिएको जानकारी सार्वजनिक गरिएको थियो।

यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ र प्रशंसकहरूले दम्पतीलाई वर्षगाँठ तथा परिवारमा थपिएको खुसीका लागि बधाई दिएका छन्।

प्रकाशित: १ असार २०८३ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App