बक्स अफिसमा सफल मानिएको ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी: ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ। नवीन चौहानको निर्देशनमा बन्न लागेको ‘कलेजी : को स्वीटर’ को छायाङ्कन सिक्किमबाट सुरु भएको हो।
स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त छायांकन सुरु गरिएको जानकारी निर्देशक चौहानले दिए। सोमबार छायांकनको पहिलो दिन कलाकारहरू पियूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएका हुन्।
गत वर्ष प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा जोड्ने प्रयासका रूपमा 'कलेजी : ऊनको स्वीटर' निर्माण थालिएको निर्देशक चौहानले बताए। उनका अनुसार काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै नयाँ चलचित्रले प्रेम, जीवन र मानवीय संवेदनाका थप आयामलाई प्रस्तुत गर्नेछ।
“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्। नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन तथा निर्देशन नवीन चौहानले गर्दैछन्।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ।
प्रकाशित: १० कार्तिक २०८३ १६:४५ मंगलबार




-600x400.jpg)
