एफएफएल अवार्ड २०८३ अमेरिकाको न्युयोर्कमा हुने भएको छ। अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन्। न्युयोर्कको किरात चोकमा पत्रकार सम्मेलन गर्दै यो वर्षको अगष्टमा एफएलएफ अवार्ड हुने जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा एफएलएफ अवार्ड २०२६ का प्रमुख सल्लाहकार तथा नेपाल सरकार पूर्व सद्भावना पर्यटन दूत, न्युयोर्क एवम् हामी नेपाली ग्लोबलका प्रवक्ता केशवराम राई, मुख्य सहयोगी संस्था नेपाल अमेरिका कलाकार संघको अध्यक्ष वसन्ती राई, फिल्म निर्देशक किशोर सुब्बा, विश्व कीर्तिमान कायम राख्न सफल पार्कर दिनेश सुनारको उपस्थिति थियो।
उनीहरूले एफएलएफ अवार्ड भव्य रूपमा गर्न/ गराउन व्यक्तिगत र संस्थागत सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
प्रकाशित: ४ असार २०८३ १०:३५ बिहीबार




-600x400.jpg)
