३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ!

गजल

१) गजल

कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ,

जनताका आँखाभरि वर्षौंदेखिको व्यथा छ यहाँ।

भाषणमा समृद्धिको सुन्दर-सुन्दर कथा छ यहाँ,

भोकै छन् गरिब, सत्तामा भोजको प्रथा छ यहाँ।

रगत–पसिना बेचेर युवा परदेशिन बाध्य छन्,

आफ्नै माटो छोड्नुपर्ने कस्तो यो व्यथा छ यहाँ।

आशा अझै मरेकी छैन, जागे देशका नागरिक,

अँध्यारो चिर्न सक्ने जनतामै दिशा छ यहाँ।।

२) गजल

आँखाभरि तिम्रै मुहार खोज्छु म,

धड्कनभित्र तिम्रै प्यार खोज्छु म।

हजारौँ फूल फुल्छन् जिन्दगीको बगैँचामा,

हरेक फूलमा तिम्रै सुवास खोज्छु म।

दूरीले छेक्दैमा माया कहाँ मर्छ र,

टाढैबाट पनि तिम्रै साथ खोज्छु म।

जन्मौँ-जन्म तिमी नै रहोस् मेरो भाग्यमा,

अन्तिम साससम्म तिम्रै संसार खोज्छु म।

प्रकाशित: ३१ श्रावण २०८३ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App