२१ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ बिहीबारदेखि मञ्चन हुँदै

एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ भोलि बिहीबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । खमारीको रुखलाई बिम्ब बनाएर निर्माण गरिएको यो नाटक वातावरणसँग सम्बन्धित रहेको छ । नेपाली रंगमञ्चको क्षेत्रमा फिजिकल प्लेलाई यस नाटकमार्फत एक थिएटरले पहिलो पटक मञ्चन गर्न लागेको हो ।

यो विधाको नाटक नेपाली दर्शकका लागि नयाँ स्वाद हुने र दर्शकले मन पराउने विश्वास लिएको निर्देशक मणि के. राईले बताए । पछिल्लो समय ग्लोवल वार्मिङका कारण जलवायु परिवर्तनको संकट मानव समुदायले भोगिरहेको छ । उक्त संकट अरु कसैले नभएर मानिस स्वयंले निम्त्याएको हो । 

मानिसहरुले आफ्नो स्वार्थका लागि प्रकृतिको अत्याधिक दोहनका कारण यस संकटको चुनौती सामना गरिरहनु परेको छ । यही विषयलाई केन्द्रमा राखेर खमारीको निर्माण गरिएको निर्माता जयराम ढकालले जानकारी दिए ।  

खमारी एक दुर्लभप्रायः रुख हो । नाटकले सोही रुखको विरुवालाई हुर्काउनका लागि एक बालकले गर्नु परेको संघर्षलाई देखाइएको निर्देशक राईले बताए ।  

भदौ २९ गतेसम्म मञ्चन हुने नाटकमा सौजन सेनेहाङ, मुस्कान राउत, रञ्जना नेपाली, प्रिया लम्जेल, आरुशी राई, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, दिलेन्द्र राई, देविका राई, ममता साम्पाङ राई, शक्ति राई, रेनुका घर्ती मगरको अभिनय रहनेछ ।

प्रकाशित: १८ भाद्र २०८२ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App