"किन न आएको?" वसन्तले भिमालाई फोन गरेर सोध्यो।
"सर, आज र भोलि आउन भ्याइन मैले।" भिमाले जानकारी गरायो।
"हाम्रो सल्ला के भएको थियो भुल्यौ?" वसन्तले प्रश्न गरे।
"सर, भुल्न त भुलेको छैन तर आउन नसक्ने भए। खबर दिन्छु भनेको मेरो मोबाइल रित्तै रहेछ। रिचार्ज गराउने समेत समय मिलेको छैन।" भिमाले आफ्नो समस्या बताउँदै भन्यो।
वसन्तले सोधे, "किन यति बिजी के काम गर्दै छौ?"
काम त के गर्नु थियो र सर हिजोदेखि ससानो एउटा रोजगार पाएको छु। त्यसैमा व्यस्त छु सर।" भिमाले भन्यो।
उनीहरू फोनमा कुरा गर्दै थिए।
"काम त कतै अदालतमा जस्तो चहलपहल छ आवाज आइरहेको छ। कि कतै स्कुलमा लाग्यो नोकरी।" वसन्तले सोधे।
"होइन सर रोसोई ग्यासका लागि लाइनमा लागेको छु हिजोदेखि। यहाँ भिड छ। त्यसैले ग्यास नपाएका स्वर मचाउँदै छन्।" भिमाले भन्यो।
"एए धेरै भिड छ होइन त्यहाँ?" वसन्तले बुझ्न खोजे।
"यही भिड छ र त मैले रोजगार पाएको छु नि सर!' भिमाले मुस्कुराउँदै भन्यो।
"हो र अरूको ग्यास लिन हो हजुर?" वसन्तले सोध्यो।
"हजुर हो,एउटा मेरो र अन्य पाँच जनाको पाँच सय जनही।" भिमाले भन्यो।
" त्यसो भए भोलिको बनाउ कार्यक्रम?" वसन्तले सोधे।
"होइन आज ग्यास पाइएन भने दु:ख हुन्छ। भोलि पनि पालो कुर्नुपर्ने होकि!" भिमाले चिन्ता व्यक्त गर्दै भन्यो।
प्रकाशित: ३१ श्रावण २०८३ ०६:४८ आइतबार





