२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

रहेनन् तमिल चलचित्र निर्देशक भारतीराजा

चर्चित तमिल चलचित्र निर्देशक तथा अभिनेता भारतीराजाको ८४ वर्षको उमेरमा निधन भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरूका कारण बुधबार उनको चेन्नईमा निधन भएको हो।

१७ जुलाई सन् १९४१ जन्मेका उनी सन् १९७७ मा ‘१६ वयाथिनिले’ चलचित्रबाट निर्देशन यात्रा सुरु गरेका थिए। चार दशकभन्दा लामो चलचित्र करियरमा उनले ४० भन्दा बढी चलचित्र निर्देशन गरे।

उनलाई ६ वटा राष्ट्रिय चलचित्र पुरस्कार, ४ वटा फिल्मफेयर दक्षिण पुरस्कार, ६ वटा तमिलनाडु राज्य चलचित्र पुरस्कार तथा अन्य धेरै सम्मान प्राप्त गरेका थिए। साथैँ भारत सरकारले सन् २००४ मा उनलाई पद्मश्रीबाट सम्मानित गरेको थिए।

‘किझाके पोगुम रेल’,‘सिगप्पु रोजक्कल’,‘अलैगल ओइवथिल्लई’ र ‘काधल ओवियम’ लगायतका चर्चीत चलचित्रहरुमा उनले निर्देशन गरेका हुन। उनको अन्तिम चलचित्र ‘मींडम ओरु मारियाथाईु २०२० मा प्रदर्शनमा आयो।

निर्देशनसँगै उनी एक सफल अभिनेता पनि थिए। उनले ‘थुडारुम’, ‘पुलवर’ र ‘आयुध एझुथु’लगायतका चलचित्रहरूमा अभिनय गरेका छन्।

उनको निधनप्रति अभिनेत्री खुशबू सुंदरले सामाजिक सन्जाल माफर्त गहिरो दुःख व्यक्त गर्दै तमिल चलचित्र क्षेत्रका लागि यो अपूरणीय क्षति भएको बताएकी छन्।

उनका अनुसार भारतीराजाका चलचित्रहरू भावी पुस्ताका चलचित्रकर्मीहरूका लागि सधैं प्रेरणाको स्रोत बन्नेछन्।

उनको निधनसँगै भारतीय तथा तमिल चलचित्र उद्योगले एक महान् निर्देशक, कथाकार र कलाकार गुमाएको छ। उनीप्रति कलाकारहरुले हार्दिक श्रद्धाञ्जली दिएका छन्।

प्रकाशित: २७ जेष्ठ २०८३ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App