२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

सम्बन्ध विच्छेदको हल्ला बन्द, गोविन्दा र सुनिता एकसाथ

केही महिनादेखि भारतीय अभिनेता गोविन्दासँग सम्बन्ध विच्छेदको चर्चा चलिरहेको बेला सुनिता आहुजा हालै आफ्ना छोरा यशवर्धन आहुजासँग गणपति दर्शनको लागि दिग्गज अभिनेता धर्मेन्द्रको घरमा देखा परेकी छिन्। जसमा धर्मेन्द्रसँग आमाछोराले तस्बिरमा सम्झनाहरू कैद गरेका छन्।

भेटमा अर्को हृदयस्पर्शी फ्रेममा सुनिता र यशवर्धनसँगै हेमा मालिनी र उनकी छोरी ईशा देओलले पोज दिइरहेको देखिएको छ। भेटमा सुनिताले धर्मेन्द्रलाई आफ्नो किशोरावस्थाको क्रश सम्झने गरेको बताइन्। विगतमा उनले गोविन्दसँग विवाह गर्ने निर्णयको पछाडि पौराणिक स्टारको ठूलो कारण रहेको समेत बताएकी थिइन्। सुनिताका अनुसार गोविन्दा पनि किशोरावस्थामा धमेन्द्र जस्तै देखिने भएको कारण आफूले विवाह गर्ने सोच बनाएको बताएकी थिइन्।

त्यस अवसरमा कैद गरिएको एक भिडियोमा परिवारले गणपतिको विसर्जनको तयारी गर्दा उनका छोरा यशवर्धन आहुजालाई मूर्ति बोकेको देखिएको थियो भने गोविन्दा र सुनिता मुस्कुराउँदै सँगै नाच्दै गरेको देखिन्थ्यो। सुनिताले रातो र सेतो प्रिन्ट गरिएको सुट लगाएकी थिइन् भने गोविन्दाले परम्परागत सेतो सुट लगाएका थिए।

गणेश चतुर्थी उत्सवको उत्सवको मिडियासँग कुरा गर्दै सुनिताले आफ्नो सम्बन्धविच्छेदको बारेमा चलिरहेको हल्लाको खण्डन गरेकी थिइन्। सुनिताका अनुसार बाहिर आएका हल्लाहरूलाई कसैले पनि विश्वास गर्न नहुने बताइन्। १९८७ देखि विवाहित गोविन्दा र सुनिता टीना र यशवर्धनका आमाबाबु समेत हुन्। टीनाले २०१५ मा सेकेन्ड ह्यान्ड हसब्यान्डबाट बलिउडमा डेब्यू गरेकी थिइन् भने यशवर्धन चाँडै नै अभिनयमा डेब्यू गर्ने तयारीमा छन्।  

उनीहरूले यस पटक मुम्बईको आफ्नो निवासमा भगवान् गणेशको विसर्जनको परिवारले प्रेम र आनन्दका साथ शुक्रबार बिदाइ गरे। यस गणेश चतुर्थी उत्सवमा उनीहरूले आफ्नो वैवाहिक जीवनमा आएको समस्या अन्त्य गरेका छन्।  

प्रकाशित: २१ भाद्र २०८२ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App