२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

निर्देशक विक्रम भट्टलाई साढै १३ करोड ठगीको आरोप

बलिउडका चलचित्र निर्देशक तथा निर्माता विक्रम भट्ट र उनको छोरी कृष्णा भट्ट साढे १३ करोड ठगीको आरोपमा फसेका छ।  

मुम्बईको वर्सोवा पुलिस चौकीमा दुई जना विरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि लगानीको नाममा एक व्यवसायीलाई ठगी गरेको आरोप छ। यो मुद्दा चलचित्र उद्योगमा लगानी र ठुलो नाफाको वाचासँग सम्बन्धित रहेको बताइएको छ। यसले अब ठुलो कानुनी मोड लिएको छ।

निर्देशक र उनको छोरीले सुनियोजित षड्यन्त्र गरी उनीसँग ठुलो रकम असुलेको र वाचा तोडेको व्यवसायीको आरोप छ। उतm घटनालाई लिएर प्रहरीले मुद्दा दर्ता गरेका हुन्।

अगाडीको जाँचको लागि प्रहरीले आर्थिक अपराध विंग शाखालाई दिएको छ। ठगीको घटना पहिलो पटक भने पक्कै होइन, विक्रम र उनको श्रीमतीमाथि डिसेम्बरमा राजस्थान प्रहरीले कथित ३० करोड भारुको ठगीको केसमा पक्राउ गरेका थिए।

प्रकाशित: १० माघ २०८२ १७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App