१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पारिश्रमिक माग्दा निर्देशकको कुटपिट र ज्यान मार्ने धम्की !

‘लापता लेडीज’ फिल्मबाट चर्चामा आएका अभिनेता सतेंद्र सोनीले आफूमाथि कुटपिट गरिएको र ज्यान मार्ने धम्की दिइएको आरोप निर्देशकमाथि लगाएका छन्।

उनी शनिकार इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा भावुक हुँदै मध्य प्रदेशमा एक फिल्मको छायांकनका क्रममा आफूले पारिश्रमिक नपाएको र पैसा माग्दा निर्देशकले ज्यान मार्ने धम्की दिएको बताएका छन्।

सतेंद्रका अनुसार निर्देशक पुष्पेन्द्र सिंहले सुरुमा ५० हजार भारतीय रुपैयाँ साइनिङ अमाउन्ट दिएका थिए र बाँकी रकम छायांकन सकिएपछि दिने बताएका थिए। तर, आठ दिनको छायांकन पूरा भएपछि पारिश्रमिक माग्दा उनलाई होटल छाड्न भनिएको र ज्यान मार्ने धम्की दिइएको उनको दाबी छ।

सतेंद्रले निर्देशक पुष्पेन्द्र सिंह र उनकी पत्नी प्रगति चौहानले सडकमै आफूमाथि कुटपिट गरेको आरोप समेत लगाएका छन्। उनलाई बचाउन आएका अर्का कलाकार श्रीधरमाथि समेत आक्रमण गरिएको उनले बताएका छन्।

पछि सार्वजनिक गरिएको अर्को भिडियोमा सतेंद्रले आफू र अन्य दुई कलाकार सुरक्षित रूपमा मुम्बई पुगेको जानकारी दिएका छन्। साथै, सुरक्षित रूपमा फर्किन सहयोग गरेको भन्दै मध्य प्रदेश प्रहरी तथा सहयोगीहरूलाई धन्यवाद पनि दिएका छन्।

हालसम्म निर्देशक पुष्पेन्द्र सिंह वा उनकी पत्नीको तर्फबाट यी आरोपबारे सार्वजनिक प्रतिक्रिया आएको छैन।

प्रकाशित: १४ असार २०८३ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App