२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सर्वाधिक कमाउने चलचित्रको सूचीमा धुरन्धर

बलिउड चलचित्र ‘धुरन्धर’ २०२५ मा भारतको सर्वाधिक कमाउने चलचित्र मध्ये दोस्रो बनेको छ।  

रणवीर सिंह अभिनीत धुरन्धरको कलेक्सन देखेर वर्षकै सर्वाधिक कमाउने कन्नड चलचित्र ‘कान्तारा च्याप्टर १’ लाई उछिने निर्माण पक्षले अपेक्षा राखेका छन्। कान्तारा च्याप्टर १ ले ८५० करोडको कुल कलेक्सन गरेको थियो, भने धुरन्धरले अहिले सम्म ८०५ करोड कलेक्सन गरेको छ। धुरन्धर अहिले पनि प्रदर्शनमा छ।

धुरन्धरको यो हल सफलता देखेर वर्षकै सर्वाधिक कमाउने चलचित्र बन्न सक्ने अनुमान लगाइएको छ। चलचित्रको सफलता पश्चात् धुरन्धर-२ को प्रदर्शन मिति तोकिएको छ। धुरन्धर-२ भने अगामी वर्षको १९ मार्चमा प्रदर्शनमा आउने छ।

छावा, सैयारा, कूलीलगायतका फिल्म २०२५ का बढी कमाउने सुपरहिट चलचित्र हुन । जसले पाँच सय करोड पार गर्न सफल भएका छन्।  

पाँच करोडभन्दा बढी कमाउने फिल्म

कान्तारा च्याप्टर-१ ८५० करोड

धुरन्धर ८०५ करोड

छावा ७९७ करोड

सैयारा ५७९ करोड

कूली ५१४ करोड

प्रकाशित: ७ पुस २०८२ १७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App